सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ८ वैशाख। सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार सहज जित हात पारेको छ । दुई खेल खेलेको सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । दुई खेलमा सुदूरपश्चिमको यो पहिलो जित हो ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले १८.३ ओभरमा अलआउट हुनुअघि ११७ रनको योगफल खडा गरेको थियो ।
शीर्ष ३ मा ब्याटिङ गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दीपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९–३ को स्थितिमा थियो ।
गण्डकीका कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए । यस्तै करन पंगेनी र दीनेश बुढा मगरले समान १५÷१५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका नरेन भट्टले मात्र १ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी र शेर मल्लले पनि समान २÷२ विकेट हात पारे ।
जवाफमा ११८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा १ विकेट गुमाएर पुरा ग¥यो । सुदूरलाई सहज जित दिलाउने क्रममा ‘प्लेयर अफ दी म्याच’ चुनिएका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए । वसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन बनाए ।
कोशीमाथि लुम्बिनीको जित अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले पराजित ग¥यो । कोशीको दुई खेलमा लगातार दोस्रो हार हो ।
लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोडेको थियो । लुम्बिनीको ब्याटिङमा कप्तान देव खनालले २२ बलमा ४५ रन जोडे । दिलशाद अलीले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाए ।
कोशीका दीपेश कँडेलले २ विकेट लिए । फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, श्रवण यादव, सौजन घिमिरे र अंकित सुवेलीले समान १÷१ विकेट हात पारे ।
प्रत्युत्तरमा १३९ रनको लक्ष्य पछ्याएको मैदान उत्रिएको कोशी एक समय ४०–७ को अवस्थामा थियो । कोशी प्रदेशले १९.४ ओभरमा पूरै विकेट गुमाउदै ८८ रन मात्र जोड्यो ।
कोशीका लागि समिर कार्कीले सर्वाधिक २३ रन, सौजन घिमिरेले १६ रन तथा अंकित सुवेदीले ११ रन जोडे ।
कोशीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, नर सार्की र अविशेष गौतमले समान २÷२ विकेट लिए । अल राउण्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल खेलको प्लेयर अफ दी म्याच घोषित भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा