सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ८ वैशाख । अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एकजना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा