सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । एसिसी प्रिमियर लिगको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ।
ओमानको अल अमरात क्रिकेट मैदानमा १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर ११९ रन जोडेको थियो।
युएईको जितमा अलिसान सराफूले सर्वाधिक ५५ रनको योगदान गरे। त्यसैगरी, विष्णु सुकुमारन २८, सैयद हैदर १४, मोहम्मद वसिम ११ र आसिफ खान १० रन जोडेर पेभेलियन फर्किए। आयन अफ्जल खान तीन रन जोडेर नटआउट रहे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा