सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ बैशाख । साताको अन्तिम कारोबारको दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । नेप्से आज बिहिबार १९ दशमलव ५६ अङ्कले घटेर १ हजार ९७२ दशमलव १४ विन्दुमा झरेको छ ।
यसदिन ५३ लाख ४४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर खरिदविक्री भयो ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ८ प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा