सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ६ बैशाख। कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले आज (बिहीबार) संकल्पप्रस्ताव पेस गर्दै छन् ।
केन्द्र सरकारमा गठबन्धन गरेका एमाले र माओवादीले पुरानो गठबन्धनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि राजीनामा गराउन भनेर दबाब बढाईरहेका छन् ।
आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनीहरुले त्यही उदेश्यका लागि संकल्प प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । आज प्रस्तुत हुने प्रस्ताव भोलि शुक्रबार छलफलमा पेश गरिने भएको छ ।
संघको गठबन्धन फेरिएपछि कोशी लगायतका सबैजसो प्रदेशको समीकरणमा हलचल आईरहेको छ । मुख्य दलहरुले संघकै सहमति अनुसार प्रदेशहरुमा पनि सत्तामा भागबण्डा गर्न प्रयास गरिरहेका छन् ।
कोशीमा नेपाली कांग्रेस सरकारमा भएपनि प्राविधिक रुपमा बहुमतमा र राजनीतिक रुपमा अल्पमतमा देखिन्छ । संकल्प प्रस्ताव दर्ता भएर छलफल सुरु भएपछि कांग्रेसले आफ्नो रणनीतिक चाल चल्नथाल्ने बुझिएको छ ।
प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेका प्रवक्ता शमशेर राईले संसदको प्रक्रिया अगाडि बढेपछिको अवस्थालाई समीक्षा गरेर आवश्यक कदम चालिने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा