सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नारायणगढ , ६ बैशाख। चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।
नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए। वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए ।
वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताए । सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए ।
सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा