सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २ । आइतबार सुनको मूल्य घटेको छ।
शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन (छापावाल) प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।
आइतबार मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।
शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ।
\शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।
आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा