सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ चैत । अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः द रुल’ को टिजर अन्ततः सार्वजनिक भएको छ । उनको जन्मदिनको विशेष अवसरमा यो शानदार र विस्फोटक टिजर सार्वजनिक गरिएको हो । पुष्प– २ को एक मिनेट आठ सेकेण्डको टिजरले युट्युबमा रिलिज भएदेखि नै हलचल मच्चाएको छ ।
एक्शन थ्रिलर फिल्म ‘पुष्पा २’ को यो छोटो झलक अल्लु अर्जुनको पहिले कहिल्यै नदेखेको अवतार देखाइएको छ। तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो टिजरलाई निकै मन पराएका छन् भने केही प्रयोगकर्ताले पुष्पराज उर्फ अल्लु अर्जुनको लुक देखेर फिल्म कान्ताराको याद दिलाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा