सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ चैत । भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
अबको केही बेरमा सुरु हुने खेलमा नेपालले टस हारेर आयोजक गुजरातविरुद्ध पहिला ब्याटिङ्ग निम्तो पाएको हो।
आजको खेलमा जित हात पार्दै नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ भने आयोजक गुजरात नेपालसँग भोगेको पराजयको बदला लिन चाहन्छ।
यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलवार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा