सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मरावी (फिलिपिन्स) १६ जेठ । फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिस्ट आतङ्ककारी समूहलाई फिलिपिन्सका अधिकारीले मङ्गलबार आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।
सो सहरमा इस्लामिक स्टेट्स र सरकारी सुरक्षाबलबीच जारी भिडन्तको कारण फसेका सर्वसधारणको लागि सो आग्रह गरिएको अधिकारीहरुले बताएका छन् ।
‘हामीले उनीहरुलाई आन्तरिकरुपमा आत्मसमर्पणको मौका दिइरहेका छौँ, उनीहरुलाई अझै पनि आत्मसमर्पणको मौका बाँकी रहेको छ’ सैनिक प्रवक्ता विग्रडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले डिजेडबिबि रेडियोलाई बताउनु भएको छ ।
आतङ्ककारीले यदि सो कार्य गरेको खण्डमा थप व्यक्ति यस द्वन्द्वमा नतानिने र थप भवन क्षतिग्रस्त नहुने पडिल्लाले बताउनु भएको छ ।
त्यसैगरी गत हप्तादेखि सुरु भएको यस द्वन्द्वको कारण मरावीमा रहेको दुई वटा जेलबाट १०० भन्दा बढी कैदी भागेका छन र भागेका मध्ये केहीले जारी द्वन्द्वमा सहभागी भएका बताइएको छ ।
फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजारभन्दा बढी सर्वसाधारण फसेर रहेका हिजो नै प्रकाशित समाचारहरुमा जनाइएको थियो ।
दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेपछि राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्नुभएको थियो ।
यसलगत्तै उहाँले त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभए तापनि आइएस आतङ्ककारीले जारी राखेको द्वन्द्वमा परी एक सय भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ ।
सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन ।
गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुररक्षा अधिकारी, ६१ जना आतङ्ककारी र १९ जना सर्वसाधारणको मृत्यु भइरहेको छ । यस द्वन्द्व सुरु भएयता १४ जना सर्वसाधारण अपहरणमा परेका पनि बताइएको छ ।
राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रसियाको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए ।
आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मरावी नगरमा गत मङ्गलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।
आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्कनुभएको थियो । उहाँले स्वदेश फर्किरहेको विमानबाटै सङ्कटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानुन लागू गरिएको र स्थितिपूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संविधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाउनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा