सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ चैत । साताको पहिलो कारोबारको दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १७ दशमलव शुन्य १ अंकले घटेर २ हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।
यसदिन ३०४ वटा कम्पनिको ७० लाख ६१ हजार कित्ता शेयर २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्ड बाहेकका समूहको शेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन आज किसान लघुवित्त र बुद्धभूमी हाड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लाग्यो । समग्रमा बजार घटेपनि आज बोटलसै नेपाल बालाजु र सर्बोतम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा