सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६ ,बाजुरा – बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । एक जनाको जीवितै उद्दार गरिएको छ ।यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।सेनाको कल साइन एन ए ०४८ जहाज दुर्घटनामा परेको हो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा