सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ।
बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि शुरू हुनेछ ।
पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ ।
यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।
मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा