सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४ , काठमाडौँ – चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आइतबार बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ।
काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए।
हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् । स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी छिन्। रासस
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा