सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ पौष । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।
उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
सिटौला प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए।
सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।
नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् ।
एमालेले यहाँ रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा