सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ मंसिर । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले शपथ ग्रहण गरेका छन् ।
केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशक हरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंकको मंसिर ७ गते बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सी लाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
उहाँ एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा