सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ कार्तिक । कुमारी बैंकले दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘ क्यास ब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।
पछिल्लो समय निकै नै रुचाइएको ‘ क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने विश्वास बैंकले लिएको छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैया सम्म क्यास ब्याक पाइनेछ । क्यास ब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिनेछ ।
चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।
बैंकले बडा दशैंको विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘ क्यास ब्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।
माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा