सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २४ असोज । नेकपा (एमाले) सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । सिंहले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटीको कार्यालयले जनाएको हो ।
यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
अब अध्यक्षको उम्मेदवारका रुपमा कृष्ण जैशी र भरत साउद चुनावी मैदानमा छन् । एमाले नेताहरूले जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरिरहेको पाइन्छ । तर, अछामै साउदले जैशीलाई अहिलेसम्म छाडेका छैनन् ।
अध्यक्षबाट उम्मेदवारी फिर्ता लिनुपरेमा आफू पक्षीय नरबहादुर बिक र भागिरथी विष्टलाई उपसचिव बनाउनुपर्ने साउदको सर्त छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा