सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ७ असोज । सुदूरपश्चिम प्रदेशसभामा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचनको मिति निर्धारण गरिएको छ ।
आगामी शुक्रबार असोज १२ विषयगत समितिको निर्वाचनको हुने भएको हो ।
आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।
कार्यतालिकाअनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा