सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, १५ भाद्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीजरल्याण्ड भ्रमणमा निस्किएपछि भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा