सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अस्ट्रेलियामा सैन्य अभ्यासका क्रममा आइतबार भएको सैन्य जहाज दुर्घटनामा पर्दा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने कयौँ गम्भीर घाइते भएका छन् ।
दुर्घटनाग्रस्त एमभी–२२बी असप्रे विमानमा २३ जना अमेरिकी सैनिक सवार थिए । जसमध्ये तीन जनाको मृत्यु भएको थियो भने ५ जनालाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पताल लगिएको जानकारी दिइएको छ । स्थानीय समयअनुसार बिहान साढे ९ बजे भेलभिल टापुमा यो दुर्घटना भएको थियो ।
अमेरिकी रक्षा सचिव लोयड अस्टिनले दुर्घटनामा मारिएका सैनिकको परिवारलाई समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा