सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । कुमारी बैंक लिमिटेड एक्सिलेन्स इन इ–कमर्श विजनेश २०२२ अवार्डद्धारा सम्मानित गरिएको छ । भिसा इन्टरनेशनलद्वारा “Leaders’ Conclave Payments Innovation For Digital Nepal” सम्मेलनमा कुमारी बैकलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा