सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्विन शहरमा रहेका नेपालीहरुको वृद्धि विकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यका साथ नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी (एन ए एन टि) र जुपिटर मिडियाको संयुक्त प्रयासमा इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी विषयक एक छलफल कार्यक्रमको आयोजना गरिएको छ।
उक्त कार्यक्रमको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्दै उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गर्दै केबिए ग्लोबलका सिईओ तथा फेडेरेसन अफ नेपलिज युथ इन्टरप्रिनर, फेनिका ओसेनियाका संयोजक तथा इन्टरनेसनल बिजिनेस काउन्सिलका कार्यकारी सदस्य शम्भु कंडेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सह-आयोजकका रुपमा रहेको जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका नेपालीको प्रगतिमा आफ्ना टेलिभिजन कार्यक्रम र मिडियाहरुबाट नेपालीहरुको प्रगतिलाई रेखांकन गर्न पाउँदा आफु निकै खुशी भएको जानकारी गराउनुभयो।
कार्यक्रममा जुपिटर मिडियाका निर्देशक आचार्यले ढाकाको टोपी लगाएर अतिथिलाई स्वागत गर्नु भएको थियो। कार्यक्रममै एन ए एन टिका सल्लाहकार डिल्ली बिनाडीले हुर्किंदै गरेको नेपाली समुदायका बारेमा र नेपालीको इतिहासलाई समेत चित्रण गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै नेपाली भाषा, संस्कृति र डार्विनमा हुने गरेको नेपाली संस्कृतिक कार्यक्रमका बारे जानकारी गराउंदै एन ए एन टिका पूर्व अध्यक्ष युवराज पन्तले आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । त्यसैगरी, नेपाली भाषा र संस्कृतिका साथसाथै नेपाल फेस्टिवल र नेपालीका गतिविधिका विषयमा गैरआवासीय नेपाली नर्दन टेरिटरीका सचिव शिवराम पौडेलले जानकारी गराउनुभयो।
साथै, नेपाललाई डार्विनमा चिनाउनका लागि धरहरा लगायतका महत्वपूर्ण पहिचान बोकेका सम्पदाका बारे जानकारी गराउंदै एन ए एन टिका पूर्व अध्यक्ष सुदीप श्रेष्ठले धरहरा बनाउन आफु कसरी उत्प्रेरित भएको बारे आफ्नो धारणा राख्नुभयो। डार्विनमा हाल झन्डै ७ हजार नेपाली बसोबास गर्दै आइरहेका छन्। सन् २०१८ सम्म ३ हजार मात्र नेपाली डार्विनमा बसोबास गर्थे। ती मध्य केहिले डार्विनमा राम्रो व्यवसाय समेत गर्दै आएका छन्।
साथै कार्यक्रममा उक्त समारोहका संचालक कंडेलले डार्विनमा हाल नेपालीहरु विभिन्न ५० वटा व्यवसायमा आबद्ध भएको र २०० जना नेपालीका लागि रोजगारी सिर्जना गरेको जानकारी गराउनुभयो। नर्दन टेरिटरीमा रहेका नेपालीहरुले खेलकुदमा हासिल गरेको उपलब्धिका बारेमा डार्विन हर्ट्स फुटबल क्लबका सचिव फिरोज रानाले जानकारी गराउनुभयो ।
डार्विन हर्ट्स फुटबल क्लब राज्य स्तरमै प्रिमियर लिग खेल्ने पहिलो नेपाली फुटबल क्लब हो । त्यस्तै उक्त कार्यक्रममा डार्विन सम्बन्धी कपोकल्पित भ्रमहरु चिर्दै आफु डार्विन आएपछि मात्र यहाँको वास्तविकता बारे थाहा पाएको चार्ल्स डार्विन विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका सुशान्त खतिवडाले जानकारी दिनुभयो। डार्विनमा धेरै अवसर रहेको आफुले यहाँ आएपछि मात्र थाहा पाएको उहाँको भनाइ छ।
त्यस्तै चार्ल्स डार्विन विश्वविद्यालय नेपलिज स्टुडेण्ट एसोसिएसनका पूर्व कार्यकारी सदस्य नगेन्द्र तिमिल्सिनाले एसोसिएसनका गतिविधि र भूमिकाको बारे जानकारी दिनुभयो। कार्यक्रमका प्रमूख अतिथि चार्ल्स डार्विन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा स्कट बोम्यानले नेपालीहरुको प्रगति देख्दा आफु निकै हर्षित भएको बताउंदै नेपाली समुदायलाई अगाडी बढ्नका लागि आवश्यक सरसल्लाह र विश्वविद्यालयबाट गर्नुपर्ने सहयोग बारे आफु जानकार रहेको बताउनुभयो। कार्यक्रममा चार्ल्स डार्विन विश्वविद्यालय, क्यान्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, बेसाइड इन्टरनेसनल कलेज, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, डार्विन सिटी कलेज लगायत शैक्षिक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। उपस्थित सबै अतिथिलाई धन्यबाद ज्ञापन गर्दै एन ए एन टीका अध्यक्ष आशिषराज कट्टेलले कार्यक्रमको समापन गर्नुभएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा