सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ असोज । लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । आज प्रदेश लोकसेवा आयोगले एक सुचना प्रकाशित गर्दै लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरेको हो।
आयोगले स्वास्थ्य सेवा, इन्जिनियरिङ्ग सेवा, कृषि सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा, आर्थिक योजना तथा तथ्याङ्क सेवामा खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । आवेदन योग्य नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा