सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित भएको छ ।
आज बिहीवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको तेस्रो खेलमा ६ विकेटले विजयी भएसँगै युगान्डाले दुई अगावै शृङ्खला जितेको हो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १० बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । बलिङतर्फ नेपालकी कविता कुँवरले २ तथा रुबिना चौधरी र इन्दु वर्माले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्रै बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ र सीता रानामगरले १२ रनले लिए । रुबिना क्षेत्रीले नटआउट रहदै १८ रन बनाइन भने अन्य खेलाडीहरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा