सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ जेठ । भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ ।
नेपाल आयल निगमलाई प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो । योसँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर एक सय ९२ दशमलव ९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर एक सय ८४ दशमलव ०२ रुपैयाँमा थियो ।
यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३६ पैसा पुगेको छ ।
निगमले पेट्रोल प्रतिलिटर एक सय ७०, डिजेल र मट्टीतेल एक सय ५३ मा सर्वसाधरणलाई बिक्रि गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा