सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ बैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार सेयर कारोबार बन्द गर्ने भएको छ । नेप्सेको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले आइतबार विदा दिने तर सोमबारदेखि शुक्रबारसम्म शेयर बजार भने सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले जेष्ठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गर्ने र शुक्रबार बजार खोल्ने निर्णय गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा