सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ए सँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट गरेको छ ।
शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन एकदिवसीय क्रिकेट खेलका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र आदिल अन्सारी छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो एकदिवसीय खेल वैशाख १७ गते हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।
यस्तै यी दुईबीचको पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० वैशाख २४ गते र तेस्रो टी–२० वैशाख २६ गते हुने क्यानले जनाएको छ ।
खेलका लागि जिम्बावे ‘ए’ टोली नेपाल आइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा