सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० चैत । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा श्री मनोज न्यौपाने नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । यसअघि न्यौपानेले सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।
काठमाण्डौं विश्वविद्यालयबाट एमबीए गरेका न्यौपानेले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । उहाँ बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा