सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, चैत २३ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बचाउन पनि आफ्नो पार्टीले स्थानीय चुनाव जित्नैपर्ने दावी गरेका छन् । ‘ राष्ट्र बचाउन र लोकतन्त्रको सुदृढिकरणका लागि पनि स्थानीय तहको निर्वाचनमा पार्टी विजयी हुनैपर्छ,’स्थानीय तहको निर्वाचनका सम्बन्धमा काठमाडौंमा बुधबार आयोजित पार्टी निकट बुद्धिजीविहरुसँगको सामूहिक छलफलमा देउवाले भने ।
उनले एमाले र माओवादी केन्द्रले बहुदलीय परिपार्टी उपयोगमात्रै गरेको उल्लेख गर्दै त्यसको सुदृढिकरण गर्न पनि काँग्रेसले चुनाव जित्नुपर्ने तर्क गरे । उनले भने ‘आगामी निर्वाचन पार्टीको प्रतिष्ठासँग पनि जोडिएछ । त्यसैले निर्वाचन प्रचार अभियानमा जुटन म नेता कार्यकर्तालाई निर्देशन दिन्छुु । ’ सभापति देउवाले गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्ने कार्यमा ढिलाई नगर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा