सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।
फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् । सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन् । उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा