• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / आर्थिक

    भारतमा पुराना ५ सय र १ हजार दरका नोट साट्ने समयसीमा आज सकिँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १८, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाण्डौ ,चैत्र १८, – भारतमा पुराना ५ सय र १ हजार दरका नोट साट्न गरिएको विशेष व्यवस्थाको अन्तिम समयसीमा शुक्रबार सकिँदै गर्दा बैंकहरूमा नोट साट्नेहरूको भीड बढेको छ । बैंक तथा अन्य निकायमा पुराना नोट साट्ने समयसीमा डिसेम्बर ३० मै सकिए पनि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही शाखामा पहिला नोट साट्न नसक्नुका पर्याप्त कारण देखाएर मार्च ३१ सम्म साट्न सकिने विशेष व्यवस्था गरिएको थियो । शनिबारदेखि प्रतिबन्धित ५ सय र हजारका दसवटाभन्दा बढी नोट बोकेर हिँडेमा अपराध ठहरिने कानुन भारत सरकारले यस अगाडि नै पारित गरिसकेको छ । तर, भारतभर नै जम्मा ५ वटा रिजर्भ बैंक अफ इन्डियाका शाखालाई पुरानो नोट साटन सक्ने अधिकार दिइएको छ । मुम्बई, कोलकाता, नागपुर र चेन्नईमा मात्र शुक्रबारसम्म नोट साट्न सकिने व्यवस्था गरिएको छ ।

    विशेषत: नोटबन्दीको समयमा मुलुक बाहिर रहेका भारतीय नागरिक तथा अन्यलाई लक्षित गरेर यस्तो सुविधा दिइएको हो । गैरआवासीय भारतीय नागरिकले भने जुन ३० सम्म पुराना नोट साट्न सक्नेछन् । तर, पुराना नोट साटिने होइन खातामा जम्मा हुनेछ । गैरआवासीय भारतीय नागरिकहरूका लागि विमानस्थालको भन्सार कार्यालयको सिफारिस आवश्यक पर्छ । यस अगाडि प्रक्रिया पूरा गरेर आफ्नो नोट साट्न नसकेकाहरू प्नि अन्तिम प्रयासका लागि लाइनमा बसेका कारण बैंकमा भीड बढेको भारतीय अधिकारीहरूले बताएका छन् । विशेष गरी मुम्बई र दिल्लीमा रहेका रिजर्भ बैंक अफ इन्डियाका शाखामा लामो लाइन छ । गत नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि स्रोत खुलाएर पुराना नोट साट्ने सकिने व्यवस्था गरिएको छ । जसका कारण गैरकानुनी रूपमा पैसा जम्मा गरेका र स्रोत नखुलेका नोट साट्न सकिने छैन ।

    यति मात्र होइन त्यसपछि बैंकका खाताहरूमा अस्वाभाविक रूपमा रकम जम्मा हुन थालेको भन्दै १८ लाखभन्दा बढी बैंक खाताका बारेमा अहिले भारतमा अनुसन्धान भइरहेको छ । त्यसले गर्दा लाखौं व्यक्ति करको दायरामा आइरहेका छन् । पछिल्लो समयमा मार्च ३१ को समयसीमा अपर्याप्त भएको भन्दै थप केही समय उपलब्ध गराउन माग गर्दै भारतको सर्वाेच्च अदालतमा रिट परेको छ । झन्डै ८६ प्रतिशत नगद ओगट्ने ५ सय र हजार दरका नोटलाई प्रतिबन्ध लगाइएको थियो । त्यसपछि लामो समय एटीम बुथमा क्यासको तीव्र अभाव भएको थियो, जसलाई बिस्तारै खुकुलो पारिँदै छ । नेपालमा रहेका पुराना भारतीय नोटहरू साट्ने विषयमा भने यसै साता काठमाडौंमा वार्ता भएको थियो । वार्तामा भारतीय अधिकारीहरूले प्रत्येक नेपाली नागरिकसँग रहेका ४ हजार ५ सय भारुसम्म साट्न सकिने जानकारी नेपाली पक्षलाई गराएका छन् ।

    राष्ट्र बैंकको पत्राचार : भारतले प्रतिव्यक्ति साढे ४ हजारभन्दा बढी भारु पाँच सय र हजार दरका नोट साट्न नसक्ने बताएपछि त्यसको टुंगो लगाउन राष्ट्र बैंकले सरकारलाई आग्रह गरेको छ । केही दिनअघि नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति (प्रतिखाता) भारु ४ हजार ५ सय मात्र साटिदिने बताएको थियो । त्यसपछि साट्ने/नसाट्ने विषयमा निर्णय गर्न राष्ट्र बैंकले सरकारलाई पत्राचार गरेको हो । बिहीबार बसेको भारु व्यवस्थापन समितिको बैठकको सिफारिसमा अर्थ मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।

    ‘सटही सीमा बढाउन धेरै आग्रह गर्दा पनि भारतले नमानेपछि उच्च तहमा छलफल गरी सीमा बढाउने वा साढे ४ हजारकै दरले सटही गर्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सरकारलाई आग्रह गरेका छौं,’ उनले भने, ‘अब सरकारको निर्णयअनुसार प्रक्रिया अघि बढाउँछौं ।’ गत शनिबार रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) की कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको टोलीले प्रतिव्यक्ति भारु साढे चार हजारभन्दा बढी साटिदिन नसक्ने बताएको थियो । भारतीय पक्षले आफ्नो निर्णय नबदलेपछि राष्ट्र बैंकले सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑