सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । केही दिनदेखी लगातार बढिरहेको नेप्से आज घटेको छ । बुधबार नेप्से ३ं दशमलव ५१ अंकले घटेर २ हजार ८०३ बिन्दुमा प्ुगेको छ । अधिकांश सुचाङक घटेको नेप्सेमा १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ९० हजार ५९० पटक किनवेच हुँदा ८ अर्व ३ करोड ३२ लाख भन्दा बढि रकम बराबरको कारोबार भएको हो ।
यसदिन ब्यापार, उत्पादन र लगानी बाहेकका सबै सुचाङकहरु घटेका छन् । ब्यापार २० अंकले, उत्पादन ६.२९ र लगानी २.८२ अंकले बढेको बजारमा जिवन विमा समुह सर्वाधिक निर्जिवन जिवन विमा समुह २६६ अंकले घट्दा १८९ अंकले घटेको हो ।
त्यस्तै विकास बैक समुह १२२.५४ अंकले घटेको छ भने माइक्रोफाइनान्स ६१.५६ अंकले घटेको हो ।
आज कर्पोरेट डेभपलपेन्ट बैक, निफ्रा, मध्यभोटेकोशी र नारायणी डेभलपमेन्ट बैकको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।
यसदिन सर्वाधिक गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनि रहेको छ । उसले सेयर मुल्य ६.२१ प्रतिशतले घटेको छ ।
आज नेपाल बंगलादेश बैकको सेयर सर्वाधिक २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाको कारोबार भएको छ ।
हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर सर्वाधिक ८ लाख ४४ हजार ६१० पटक किनवेच भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा