सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।
बैकले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गरीरहेका गोपाल खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् ।
खत्री दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएपछि बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा