सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुचको लागि समझदारी समेत गरेको छ ।
दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेक बहादुर बस्नेतको उपस्थिती थियो । उक्त कार्यक्रममा बोल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउँपालिकामा स्वरोजगारी र उद्यमशीलता विकास गर्ने बताउनु भयो । त्यस्तै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पु¥याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा