सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट/ काठमाडौं । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ । यस वर्ष सो दिवस असोज २६ गते बिहिबारका दिन पर्न गएको हुदाँ कोरोनाको कारणले गर्दा कार्यक्रम मनाउन सकेन।
बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभा नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ ।
धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ ।
प्रभातफेरिकै बीच आजै बिहान एक छोटो प्रवचन कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यसखाले कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए ।
बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।
यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ । यसले बाथ रोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्दछ ।
अनुसन्धानहरूले के प्रमाणित गरेका छन् भने थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थीपञ्जर सम्बन्धीरोगमा राहत पुर्याउने मात्रै नभएर बिरामीहरूलाई आफ्नो क्रियाकलापमा सक्रिय रहन मद्दत पुर्याउने, स्वतन्त्ररुपमा सामाजिक कार्यमा सरिक गराउन मद्दत गर्ने र हड्डीको घनत्व घटी हुने बाथरोग जस्ता हड्डी एवम् जोर्नीका रोगबाट बच्न समेत सहयोग पुर्याउने गर्दछन् ।
विश्व बाथरोग दिवस मनाउनुको उद्देश्य चाहिँ बाथरोगीहरू र सर्वसाधारणमा मात्रै नभएर चिकित्सकीय समुदायमा समेत बाथरोग र यसका जटिलताबारे आवश्यक जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु मुख्य रहेको छ । त्यसरी नै बाथरोगको चुनौति/बोझबारे राष्ट्रका नीति–निर्माताहरूलाई घच्घच्याउने, बाथरोग उपचारका लागि बाथरोगीहरू र तिनका आफन्तहरूलाई उपचारका नवीनतम् प्रविधिबारे जानकारी गराउनु समेत रहेको छ ।
बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ । केही अवस्थाहरूमा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन् । बाथरोगले शरीरका भित्री अङ्ग प्रत्यङ्गहरूलाई समेत असर पार्ने गर्दछ । बाथरोग भन्ने शब्दले सामान्यतया सबैखाले मांशपेशी तथा अस्थीपञ्जर दुख्ने समस्यालाई समेत जनाउने गर्दछ ।
हड्डी नै कुँजो हुने बाथ हड्डीको घनत्व घटी भएर हुने बाथ, मेरुदण्ड कुप्रो हुने बाथ लगायतका सबैखाले बाथरोग वा मांशपेशी–अस्थीपञ्जर सम्बन्धी रोगले पुरुष, महिला, बाल–बालिका र बृद्ध–बृद्धा सबै उमेर समूहका रोगीहरूलाई आक्रान्त पार्ने गरे तापनि महिलाहरूमा सो समस्या अत्यन्तै बढी मात्रामा पाइने गरेको छ ।
नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसंख्या यस रोगबाट पीडित भएको डा. अरुणकुमार गुप्ताले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा