सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । दशैँअघिको अन्तिम तथा साताको दोस्रो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३. १९ अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले घटेर ४९४ दशमलव २२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहका सेयर उकालो लागेका छन् । अन्य सबैको मूल्यमा गिरावट आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा