सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुडानमा कू अर्थात् सैन्य विद्रोह मार्फत सत्तापलट गर्ने एउटा असफल प्रयास गरिएको त्यहाँकाे सरकारी टेलिभिजनले जनाएको छ ।
“कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ,” सरकारी टेलिभिजनले भनेको छ ।
यद्यपि कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे रिपोर्टमा खुलाइएको छैन ।
राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रबाट प्राप्त विवरणहरूअनुसार ती क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको छ र नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएका छन् ।
स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको पनि विवरणहरूमा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा