सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो ।
तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ ।
‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ । ‘ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।
फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए ।
समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा