सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
११ चैत , बर्दिया: नेपालको भूमि जोगाउने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट मारिएका कन्चनपुरको आनन्द बजारका सहिद गोविन्द गौतमका परिवारलाई बर्दियाका दामोदरप्रसाद अधिकारीले १२ धुर जग्गा प्रदान गरेका छन् ।कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर सहादत पाउनुभएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले नगद र जग्गा सहयोग गरेका हुन् ।
देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मानार्थ थोरै भए पनि आफूले पाउने निवृत्तिभरबापतको एक महिनाको तलब १५ हजार र जग्गा प्रदान गरिएको अधिकारीले बताए ।बाइसेविचवा गाविस-९ स्थित लालझाडी बजारमा रहेको सिटी प्लानिङमा दर्ता रहेको कित्ता नं ६५९ मध्येबाट १७५ वर्ग मिटर (१२ धुर) जग्गा गोविन्दका परिवारलाई दिइएको हो ।“सहिद गौतमले दिएको बलिदान अतुलनीय छ”, प्रजिअ विष्णुबहादुर थापालाई जग्गाको लालपुर्जा र हस्तान्तरण गर्दै अधिकारीले भने, ”यो बलिदानप्रति मेरो धेरै श्रद्धा जागेर आयो र मैले थोरै मात्र भए पनि सहयोग गरेको हुँ ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा