सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल र चीन जोड्ने प्रमुख नाकाको रुपमा विकसित भइरहेको रसुवागढी नाका जोड्नका लागि सडक पूर्वाधार निर्माणको कामलाई थप तीव्रता दिइएको अधिकारीहरुले बताएका छन्।
त्यस अन्तर्गत धादिङको गल्छी-देखि रसुवाको मैलुङ जोड्ने सडक खण्डको विस्तार कार्य शुरु भइसकेको र दुई वर्षभित्र सम्पन्न हुने सडक विभागका एक अधिकारीले बताए।
त्रिशुली नदीको किनारै किनार निर्माण गरिन लागेको सो सडकले दुई देशबिचको व्यापार निकै सहज बनाउने अपेक्षा व्यवसायीहरुको छ।
रसुवागढी नाकाबाट हिमालय सीमापार व्यापारमा लागेका व्यवसायीहरु गल्छी मैलुङ सडक निर्माणमा ढिलाइ भएको भन्दै चिन्तित छन्।
तर सडक विभागको भनाइमा ४६ किलोमिटर लामो उक्त गल्छी-मैलुङ सडक निर्माणको कामले गति लिइरहेको छ।
सडक विभागका उपमहानिर्देशक रविन्द्र नाथ श्रेष्ठले भने, “भर्खरै सर्भै सकेर शुरु भएको छ। यो बाटो हामीले दुई वर्षभित्र दुई लेनको हुने गरी विस्तार गर्ने हो।”
रसुवागढी जोड्ने ८२ किलोमिटर लामो सडकलाई गल्छी-मैलुङ र मैलुङ-स्याफ्रु गरी बाँडिएको सडक विभागको भनाइ छ।
मैलुङ-स्याफ्रुको २० किलोमिटर खण्डको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भन्दै श्रेष्ठले भने, “सो खण्डको सेनाले ट्रयाक खोल्ने काम गर्दैछ। करिब ९ किलोमिटरको ट्रयाक खोलिसकिएको छ।”
रसुवागढी जोड्ने सडकलाई उत्तरतर्फ स्याफ्रुदेखि सिमावर्ती रसुवागढी नाका सम्मको ९ किलोमिटर खण्डको स्तरोन्नति गर्ने बारे चिनियाँ पक्षसँग सहमति भइसकेको अधिकारीहरु बताउँछन्।
झन्डै दुई वर्षअघि गएको विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकामार्फत आयात निर्यात हुने क्रम ह्वात्तै बढेको हो।
तर रसुवागढी जाने भरपर्दो सडक नहुँदा नेपालले पर्याप्त फाइदा लिन नसकेको दुखेसो नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी क्षेष्ठले व्यक्त गरे।
उनले भने, “एघार दिन लगाएर उहाँ पुग्नु र यहाँबाट आउनुको भाडा पनि उस्तै उस्तै हुन आयो।”
बाटो बनेको भए सामानहरु छिट्टो आउने र अन्य खर्च पनि निकै घट्ने उनले बताए।
सडक विभागका अनुसार गल्छी-रसुवागढी सडकको अनुमानित लागत करिब चार अर्ब रुपैयाँ रहेको छ।
सो सडक निर्माण पूरा नहुँदा चीनबाट आउन सक्ने पर्यटकहरु पर्याप्त मात्रामा नेपाल भित्र्याउन नसकिएको व्यवसायीहरु बताउँछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा