सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बन्नुभएको छ ।
विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जित्नु भएको छ । ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।
यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझकागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा