सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा एमालेकाे विगत केहि समयदेखिकाे नाैटंकीले भाेलि अर्थात बिहीबार सकिने दाबी एमाले नेताहरूले गरेका छन् ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गरेसँगै दुइकाे नाैटंकीले समाधान पाउने भएकाे हाे ।
बुधबार सिंहदरबारमा नेता ज्ञवालीसहित बसेको विवाद समाधान कार्यदलको बैठक सकिएपछि प्रतिक्रिया दिनेक्रममा उनले त्यस्तो दाबी गरेका हुन् ।
उनले पछिल्ला तीन दिनका कार्यदल बैठकहरु सकारात्मकउन्मुख रहेको र भोलिसम्म एकता टुंगिने दाबी गरेका हुन् ।
उनले भने,‘ आजका लागि बैठक सकिएको छ । हामी एकताको अन्तिम चरणमा छौँ । भोलिसम्म टुंगो लाग्नेमा हामी विश्वस्त छौँ ।’
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बिद्रोही नेता माधवकुमार नेपाल पक्षका ५/५ जना कार्यदलका सदस्यहरु सामेल थिए ।
बैठक हिजो र अस्ति पनि बसेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा