सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ९; सिम्रिक एयरले बुधबारदेखि काठमाडौँ- भरतपुर-काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ-भरतपुर-काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।
सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ-भरतपुर-काठमाडौँ नियमित उडान गरिने बताउनुभयो । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् ।
पछिल्लो पटक नारायणगढ-मुग्लिन सडक खण्डको समस्याले गर्दा हवाई उडान गर्नेको संख्यामा झण्डै ५० प्रतिशतले वृद्धि भएको भरतपुर विमानस्थल जनाएको छ । सिम्रिकको उडान चितवनमा आएसँगै टिकट नपाउने समस्या हिँड्ने यात्रुहरुको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा