सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सेतोखबर संवाददाता,
काठमाण्डौ, चैत्र ९ ; हिडन ट्रेजरकोले ई.सं १९९४ देखी सञ्चालन गर्दे आएको मिस नेपाल २०१७ को लागी आवेदन खुल्ला गरेको छ । आवेदन मिस नेपालको अफिसियल वेवसाइटबाट डाउनलोड गरी हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्ने ब्यवस्था गरेको छ ।
नेपालको निकै नै ठुलो सौदर्य प्रतियोगीताको लागी ‘मिस नेपाल’ लाई लिईन्छ । मिस नेपाल भएपछि पाउने सम्मान र चर्चाका कारण पनि यूवतीहरु यो प्रतियोगीतामा सहभागी हुन लालयित, उत्साहित र तछाडमछाड गर्दछन् । तर, पछिल्ला केहि बर्षमा भने यो सौन्दर्य प्रतियोगीताको पनि महत्व कम भएको देखिन्छ ।
प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५।४ फिटदेखि माथि उचाई भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आउँदो चैत ३१ गते भित्र हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्नेछन् ।
यसपाली पनि आयोजक संस्थाले काठमाडौं, धरान, पोखरा, चितवन र धनगढीमा अडिसन लिने भएको छ । नेपालको पहिलो मिस नेपाल १९९४ को रुवी राणा भएकी हुन भने पछिल्लो २०१६ को अष्मि श्रेष्ठ भएकी थिइन् भने २०१७ मिस नेपालको ताज कस्ले जित्ने हो यो भने हेर्न वाँकी नै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा