सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल खेल अन्तर्गत डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।
रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।
यस जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।
डेनमार्कसँग पराजित रुस भने समूह चरणबाट बाहिरिएको छ । पुछारमा रहेको रुसले ३ खेलमा ३ अंक जोड्यो । पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।
आज दुई खेल
आज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा