सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले आफ्ना मतदाताको अपमान गरिएको भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लाग्नुभएको हो । केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित सांसद भएकाले मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्ने अवस्था नहुँदा अन्य जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशील सदस्यमा भएको धाँधलीका कारण मैले राजीनामा दिन लागेको हुँ ।’ उहाँले सर्लाहीमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको पनि आरोप लगाउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा