सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज: एसईई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको दुर्घटनामा परी सोमबार बिहान मृत्यु भएको छ।बाटो काट्ने क्रममा ट्रकको ठक्करले सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहकी १६ वर्षीया नितु कुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ क ५२०० नम्बरको ट्रकको ठक्करले पूर्व्-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप ७ रुपनगर चोकमा ठक्कर दिएको थियो।हनुमाननगर कंकालिनी नपा १ भारदहको बिपी माविकी छात्रा ठाकुर साथीहरुसँगै कञ्चनरुप नपा ७ रुपनगरस्थित शंकर माविमा परीक्षा दिन गइरहेकी थिइन्।ट्रक र चालक मोरंगका बाबुराम धिमाललाई कानुनी कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताए।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा