सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – ३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १ – १ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ ।
विमानस्थलमा सेटिङ मिलाएर सुन अवैध रुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ ।अवैध सुन किन्ने व्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ ।सुन ल्याउने भरियालाई भने अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ । धरौटी मागेकाहरु शुक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा