सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिएका छन् । एकको मृत्यु भएको छ । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार ११ जनाको मृत्यु भएको छ । २१ लाख ९७ हजार २३५ जनाको पिसिआर टेस्ट भएको छ ।
मन्त्रालयका अनुसार देशमा ८७२ सक्रिय संक्रमित रहेका छन् । देशमा दाेस्राे चरणकाे खाेप अभियान जारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा